नेपाली चलचित्र ’बादशाह जुट’को छायाङ्कन सुरु भएको छ । जोनी सिंह राणाले निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन शनिवार काठमाडौँबाट सुरु भएको हो । यो चलचित्रलाई काठमाडौँसँगै पोखरा र मुम्बईमा खिचिने छ ।   चलचित्रमा सुशील श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । हाल ’लभ डायरिज’को छायाङ्कन सकाएर बसेका सुशील यस चलचित्रमा फरक भूमिकामा देखिन्दैछन् । 
’बादशाह जुट’मा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ । २ घण्टा ९ मिनेट लामो रहने सिनेमा पूर्ण व्यावसायिक बनाइने निर्माण पक्षले बताएको छ । अभिषेक कुमार सैनी लिखित सिनेमामा कमेडी, एक्सन, रोमान्स र थ्रिलको समिश्रण पाइने छ ।