अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्प्रेस’ यही आउँदो वैशाख १४ गते प्रदर्शन हुँदै छ । यसै चलचित्रको लागी यति बेला केकी प्रमोसनमा दौडधुपमा छिन् । चलचित्रका अन्य कलाकार बिना केकी हाल एक्लै मोफसल प्रमोसनमा छिन् ।प्रचार प्रसारको क्रममा उनी बाँकेको कोहलपुर पुगेकी छिन् ।
केकी उक्त स्थानमा नेपाल अटोमोबाइल एसोसिएसन (नासा)को सडक दर्घटना न्यूनीकरण सम्बन्धी अभियानको पनि सुरुवात गरेकी छिन् ।‘सार्वजनिक यातायातको संरक्षण गरौँ, सुरक्षित यात्राको लागि ट्राफिक नियम पालना गरौँ’ भन्ने मूल नारासहितको ब्यानर समाउँदै केकीले सदरमुकाम नेपालगन्जसँगै कोहलपुरका विभिन्न स्थानमा जनचेतना फैलाइन । नासाको यो अभियान देशव्यापी हुनेछ। साथै, बाँकेका फ्यानहरु माझ चलचित्रको बारेमा जानकारी गराउँदै केकी सेल्फीमा रमाइन ।
कोहलपुर एक्सप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा केकीको अलावा ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । ‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथारसंवाद र भद्र बहादुर शाहीरदेवीलाल नयौपाने (पण्डित)रशिव प्रसाद चौलागाईको लगानी रहेको छ ।