अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘बाँध मायाले’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो लभ स्टोरी चलचित्र अब असाेज ५ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । सबिर श्रेष्ठको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रलाई डिसिएनले प्रदर्शन गर्न लागेको हो । चलत्रिको यति बेला धमाधम डबिङको काम भइरहेको छ । निर्माता, निर्देशक तथा लेखक सबिर श्रेष्ठको अनुसार चलचित्रको फस्ट लुक्स चाडैँनै दर्शकमाझ सार्वजनिक गरिने बताए । नाम जस्तै चलचित्रले दर्शकलाई बाँध्न सक्नेमा उनी आशावादी छन् । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुति रहेको बाँध मायालेको निर्माण सबिरसँगरामहरी धिताल र विभेषिका श्रेष्ठले सहकार्य गरेका छन् । सह निर्माताको रूपमा महेन्द्र अधिारी र केदार धिताल आबद्ध छन् ।  चलचित्रमा सृष्टि र आर्यान पहिलो पटक एकसाथ देखिन्दैछन् । चलचित्रमा यी दुईको अलावा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय रहेको छ । त्यस्तै अर्का नायक किशोर खड्का यसै चलचित्रबाट डेव्यु गर्ने तरखरमा छन् ।