चलचित्र ‘छक्का पञ्जा ३’मा नयाँ अभिनेत्री फाइनल भएकी छिन् । चलचित्र ‘ऐश्वर्य’ बाट सिने नगरीमा डेव्यु गरेकी नायिका दीपिका प्रसाई चलचित्रकी मुख्य भूमिकामा फाइनल भएकी हुन् । उनी चलचित्रमा अभिनेता दीपकराज गिरीको जोडीको रूपमा देखिने भएकी छिन् । निर्देशक दिपाश्री निरौलाको अनुसार चलचित्रको कथा अनुसार नै दीपिका फाइनल गरिएको बताइन् । निर्माण पक्षको अनुसार चलचित्रमा बोल्डको साथसाथै सुन्दर नायिका चाहिएको कारण उनी छक्का पञ्जा ३मा भित्रिएको जनाए । चलचित्रमा प्राय छक्का पञ्जा, छक्का पञ्जा २का सम्पूर्ण कलाकार र प्राविधिक टिम दोहोरिएका छन् । तर नायिकाद्धय वर्षा राउत र स्वस्तिमा खड्का भने यस पटक तेस्रो सिरिजमा अटाएनन्े । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाङ्कन रहने छ भने कलाकार दीपकराज गिरीको कथा र पटकथा रहने छ । चलचित्रमा दीपक र दीपिकासँगै प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरू यथावत् छन् । चलचित्रमा निर्माताको रूपमा पुरुषत्तम प्रधान, सुमन गिरी भान्जा, निशान बजगाईं सहित दीपक-दीपा, जितु, केदार छन् । छक्का पञ्जा ३ को छायाङ्कन यही वैशाख १७ गतेबाट सुरु हुदैँछ । निर्माण पक्षको अनुसार चलचित्र आउँदो दसैँमा रिलिज हुने ।
तस्बिर-उत्सव रसाईली