बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो जीवनीमा बायोपिक बनेको भन्दै खुसी व्यक्त गरेका छन् । गत मङ्गलवार चलचित्र ‘संजु’को टिजर सार्वजनिक भएसँगै उनले एक भिडियोमा खुसी व्यक्त गरेका छन् । चलचित्रमा रणबीर कपुरले अभिनेता सञ्जय दत्तको भूमिका निभाएका छन् । टीजर हेरे पछि सञ्जयले आफूलाई रणबिरले आफ्नो पात्रलाई सहजै रूपमा गरेको विश्वास नभएको र हुबहु नक्कल गरेको बताएका थिए ।त्यसो त उनले रणबीर सँग मजाक गर्दै निर्देशक हीरानीलाई ’मुना भाइ एमबीबीएस २’मा रणबीरलाई नलिनु भनेका थिए । चलचित्र राजकुमार हिरानीले निर्देशन गरेका हुन् । जुन २९ गते रिलिज हुने चलचित्रमा रणबीरको अलावा दिया मिर्जा, सोनम मपुर, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।