चलचित्र ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक भएको छ । वैशाख १४ अर्थात् भोलि शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्रको ‘सुस्त यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । नरेश भट्टराईको शब्दमा रहेको गीतमा ताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ । गीतमा दीपा लामा र ताराप्रकाशको स्वर रहेको छ । मिलन चाम्स निर्दे्शित सिनेमामा दयाहाङ र प्रियंकाका अलावा सञ्जय गुप्ता, दिया पुन, विककी जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय रहेको छ ।साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रूपमा रहेका छन् ।