पछिल्लो समयका सर्वाधिक चर्चित नायकहरूमा पर्छन् अनमोल केसी र प्रदिप खड्का । यी दुवै नायकको युवापुस्तामा लोभलाग्दो क्रेज छ । सिन नगरीमा यी दुई नायकलाई एकअर्काको प्रतिस्पर्धीको रूपमा हेर्ने गरिन्छ । मंगहो पारिश्रमिक लिनेमा पनि यी दुवैको नाम अंग्रपन्तिमा आउने गर्दछ ।
पछिल्लो समय युवा स्टारको मानिएका यी दुई नायक एकअर्कासँगै बोल्दैनन् भन्ने धेरैलाई लाग्न सक्छ । हुन पनि फ्यानहरुविचमा पनि अनमोल र प्रदिपलाई लिएर तिक्तता देखिन्छ । तर बिहीबार काठमाडौँमा आयोजित एनएफडिसी अवार्डमा माहौल केही फरक देखियो । उक्त अवार्डमा यी दुवै नायक पुगेका थिए । कार्यक्रममा पुग्दा अनमोल र प्रदिप दुवैको जम्काभेट भयो । अनमोल र प्रदिपको यो भेट मिडियामा पहिलो भेट हो । यी दुईले केहीबेर हाँस्दै अङ्कमाल गरेका थिए भने केही तस्बिर साथमा खिचाए । त्यस्तै केही कानेखुसी गर्दै यी दुई नायक छुटिएका थिए ।
तस्बिर : कुशल राई