एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ बिहिबार सांझ सम्पन्न भएको छ. २०७४ सालभरि प्रदर्शनमा आएका चलचित्रहरु मध्येबाट सर्वोत्कृष्टलाई पुरष्कृत गरिएको छ। यो बर्ष चलचित्र ‘शत्रु गते’ ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ भने अनमोल केसीले ‘कृ’ चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।
त्यस्तै ‘ब्लाइन्ड रक्स’ बाट अभिनेत्री बेनिशा हमालले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् भने मिलन चाम्स ‘लिलिबिली’ बाट उत्कृष्ट निर्देशक बने। चलचित्र ‘छक्का पञ्जा २’ बाट दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले संवादको अवार्ड पाए । उत्कृष्ट नव अभिनेताको अवार्ड ‘ग्याङ्गस्टर ब्लूज’ बाट आशिरमान देशराज जोशी र नव अभिनेत्रीको अवार्ड ‘लिलिबिली’ बाट जसिता गुरुङले पाइन् ।
होटल हायातको प्राङ्गणमा सम्पन्न अवार्ड भने लथालिंग बनेको थियो। पानीका कारण अस्तव्यस्त बनेको अवार्ड उति नै अव्यवस्थित देखिन्थ्यो। झरीको विकल्प नसोचिएको अवार्डमा बोलाइएका अतिथिलाई बस्नको लागि उचित व्यवस्थापन समेत गरिएको थिएन।
विजेताको पूर्ण सुची यस्तो छ:
उत्कृष्ट चलचित्र: शत्रु गते
उत्कृष्ट निर्देशकः मिलन चाम्स, लिलिबिली
उत्कृष्ट अभिनेताः अनमोल केसी, कृ
उत्कृष्ट अभिनेत्री: वेनिशा हमाल, ब्लाइण्ड सक्र
उत्कृष्ट कथाः शत्रु गते
उत्कृष्ट पटकथाः छक्का पञ्जा २
उत्कृष्ट छायाँकनः सुदिप बराल, लिलिबिली
उत्कृष्ट सम्पादनः मित्र डि गुरुङ, शत्रु गते
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट नव अभिनेताः आशिरमान देशराज जोशी, ग्याङ्गस्टर ब्लूज
उत्कृष्ट नव अभिनेत्रीः जसिता गुरुङ, लिलिबिली
उत्कृष्ट सह अभिनेताः प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट सह अभिनेत्रीः केकी अधिकारी, ऐश्वर्य
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, २ रुपैया
उत्कृष्ट गायिकाः अञ्जु पन्त, ऐश्वर्य
उत्कृष्ट गायकः सुगम पोखरेल, ऐश्वर्य
उत्कृष्ट गीत लेखनः डा. कृष्णहरी बराल, ए मेरो हजुर २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, २ रुपैया
उत्कृष्ट व्यवसायिक फिल्मः छक्का पञ्जा २
उत्कृष्ट द्वन्द्व निर्देशकः चन्द्र पन्त, कृ
उत्कृष्ट मिक्सिङः अमित श्रेष्ठ, शत्रु गते
उत्कृष्ट पार्श्व संगीतः एलिश कार्की, लिलिबिली
मह जुरी अवार्डः रमेश बुढाथोकी, भुइंमान्छे