नायक प्रदीप खड्काको अपकमिङ चलचित्र ‘रोजी’को लागी नायिका फाइनल गरिएको छ । गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा यस अघि प्रदीपको अपोजिट नायिका मिरुना मगर रहने चर्चा चलेको थियो । तर हालै बाहिरएको खबर अनुसार चलचित्रमा परमिता राणा फाइनल भएकी छिन् ।
चपली हाइट २ डेव्यु नायिका परमिता र प्रदीपको जोडी अब ‘रोजी’मा देख्न पाइने भएको छ । चलचित्रलाई निरक पौडेलले निर्देशन गर्दै छन् । आयरा पौडेल र आरोही केसी निर्माताको रूपमा रहेको चलचित्रमा परमिता र प्रदीपको साथमा रविन्द्र खड्का, प्राक्षी श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।