नेपाली चलचित्र ‘ड्रिम गर्ला’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ । चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक ऋषिराज आचार्यले चलचित्रको प्रदर्शन मिति असोज १९ गते तय भएको बताएका छन् । दुई करोड भन्दा बढी लगानीमा निर्माण भएको चलचिलाई डिसिएनले वितरण गर्ने भएको छ । चलचित्र आउँदो असोज १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रेमकथानक चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन विक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैँडा,लक्ष्मी गिरी,रश्मि भट्ट, सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल निर्माता हुन् । छन् । चलचित्रको छायाङ्कन काठमाडौँ, मुस्ताङ तथा थाइल्याण्डका विभिन्न स्थानमा गरिएको छ ।
चलचित्रका सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।  निर्देशक ऋषिराजको अनुसार चलचित्र नेपाल प्रदर्शन पहिला विदेशमा रिलिज गरिने बताए । चलचित्र अस्ट्रेलिया, युरोप तथा  खाडी मुलुकहरूमा प्रदर्शन हुदैँछ भने जुन महिनाको दाेस्रो सातामा कतार र तेस्रो सातामा पोर्चुगर्लमा विशेष सो हुने भएको छ ।लगतै अमेरिका, जापान, हङ्कङ र कोरियामा पनि चलचित्र प्रदर्शन हुने भएको छ ।