चर्चित सिक्वेल नाइँ न भन्नु लोक ५ औ सिरिजमा अभिनेत्रस् निरुता सिंह अनुबन्धित भएकी छिन् । करिब ५ वर्षपछि नेपाल आएकी निरुता 'नाई न भन्नु ल ५' मा अतिथि भूमिकामा अनुबन्धित भएकी हुन् । उनी चलचित्रमा बाल कलाकार अनुभव रेग्मीकी आमाको भूमिकामा देखिने भएकी छिन् । एक अवार्डमा सहभागी हुन नेपाल आएकी निरुता शुक्रवार नै भारत फर्किने तयारीमा थिइन् तर चलचित्रमा अनुबन्धित भएसँगै उनी अब केही दिनमा नेपालमा बस्ने छिन् । निरुताले केही दिन अघि सिनेपाटीमा अन्तरवार्ता दिँदै राम्रो कथा र आफूलाई सुहाउने भूमिका भए चलचित्रमा काम गर्न तयार भएको बताएकी थिइन् । हेर्नुस् भिडियो :
भदौ ८ गते देखि रिलिज हुने चलचित्रलाई विकास राज आचार्यले निर्देशन गर्दै छन्। चलचित्रमा निरुतासँगै प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दिलीप रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ ।
तस्बिर : गुगलबाट