आउँदो शुक्रवार बैशााख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डमरुको डन्डिबियो’ले शनिवार दिउँसो काठमाडौँको टुँडिखेलमा ‘ठ्याक लगाउने’ प्रतियोगिता आयोजना गरेको थियो । पूर्व राष्ट्रिय खेले ‘डन्डिबियो’ को कथालाई उठान गरेर निर्माण गरिएको चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेले ठ्याक लगाएका थिए । उक्त प्रतियोगितामा दर्शकको राम्रो उपस्थिति रहेको थियो। च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई २५ सय, छैटो ठ्याक लगाउनेलाई १५ सय, पाँचो ठ्याक लगाउनेलाई ५ सय बराबरको फुड वा कफी कुपन, टिसर्ट, क्याप लगायत पुरस्कार वितरण गरियो । प्रतियोगितामा खगेन्द्रसँगै आशान्त शर्मा, लक्ष्मी बर्देवा, निर्माताद्धय नोर्बु छिरिङ घले र विनोद गुरुङ लगायतले ठ्याक लगाएका थिए । फरक कथावस्तुको कारण चर्चामा रहेको चलचित्र ‘डमरुको डण्डीबियो’को ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाएको छ  चलचित्रलाई छेतन गुरुङले निर्देशन गरेका हुन् र