गत शुक्रवार वैशाख १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले दर्शकको राम्रो साथ पाइरहेको छ । मल्टिप्लेसमा थोरै सो पाएता पनि चलचित्रले शनिवार राजधानीको सिनेमाघरहरु हाउसफुल बनेको छ । सोही मितिमा हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जर्स’ रिलिजमा आएसँगै कोहलपुर एक्सप्रेसले कम सो पाएको थियो ।
कम सोमा पनि हल हाउसफुल भएपछि चलचित्र निर्मात्री केकी अधिकारी दङ्ग छिन् । शनिवार बिहानबाट नै केकीसँगै निर्देशक विशाल भण्डारी दर्शकसँग साक्षात्कार गर्न हल–हलमा पुगेका थिए । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेकी केकी भन्छिन् ‘ दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिनु भएको छ । हालिउड चलचित्रको मारमा परे पनि पाएको शोजमा दर्शक आकर्षित गर्न कोहलपुर एक्सप्रेस सफल भएको छ।’विशाल भण्डारीको निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद भण्डारी, कुशाग्र भट्टराई, विशाल भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ।
तस्बिर : मिलन ढुङ्गाना