चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका पूजा शर्माको आज जन्मदिन । सन् १९९२ अप्रिल ३० तारिकमा सिन्धुपाल्चोकमा जन्मिएकी पूजा आज २६ औँ जन्मदिन मनाउँदै छिन् । उनले सुरुवातमा ‘पाठशाला’ नामक म्युजिक भिडियोमा काम गरेकी थिइन् । जसमा सुगम पोखरेलको स्वर रहेको थियो ।

सोही भिडियोबाट चर्चा कमाएकी पूजाले चलचित्र ‘थ्री लभर्स’बाट चलचित्र नगरीमा प्रवेश गरेकी हुन् । पहिलो चलचित्र असफल भएता त्यसपछि पूजाले आधा दर्जन बढी सिनेमामा काम गरिन् । तर उनको करियरलाई उकालो चढ्न ‘प्रेमगीत’ले साथ दियो ।पूजा नायिकाको साथमा निर्मात्री पनि हुन् । उनले अघिल्लो वर्ष ‘म यस्तो गीत गाउँछु’ चलचित्र निर्माण गरेकी थिइन् । जुन निकै सफल भयो भने यति बेला उनी निर्मित अर्को चलचित्र रामकाहनीको सुटिङ सकिसकेको छ  आफ्नो जन्मदिनमा पूजाले आज ‘रामकहानी’ को पहिलो गीत युट्यबमा सार्वजनिक गर्दै्छिन् । रामकहानीलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने यो चलचित्रको निर्मातामा थापाको पनि नाम रहेको छ ।