नायक अनमोल केसी अभिनित नयाँ चलचित्र ‘क्याप्टेन’को छायाङ्कन सुरु भएको छ । अभिनेता भुवन केसीको निर्माणमा बन्न लागेको चलचित्रको छायाङ्कन इलाममा भइरहेको माइभ्याली फुटबल प्रतियोगिताको फाइनल खेलअघि ‘क्याप्टेन’को सुटिङ हुने छ । यति बेला सामाजिक सञ्जालमा अनमोलको खेलाडी लुक्स भाइरल भइरहेको छ। उनले क्याप्टेनमा फुटबल खेलाडीको भूमिका निभाउदै छन् ।
उक्त भाइरल तस्बिरमा अनमोलले ११ नम्बरको हरियो जर्सी लगाएका छन् । माइभ्यालीको फाइनलमा आज दिउँसो रुस्लान थ्रीस्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ । माइभ्यालीको फाइनलअघि सोही मैदानमा तीन–चार घण्टा ‘क्याप्टेन’ को सुटिङ हुने बुझिएको छ । ‘क्याप्टेन’ मा स्थानीय फुटबल खेलाडीले खेल्नेछन् ।फुटबल खेलाडीको सङ्घर्ष र उसको परिवारको कथावस्तुलाई लिएर ‘क्याप्टेन’ चलचित्र बनाउन लागेको बताइएको छ । चलचित्रमा अभिनय गर्ने सबै कलाकारको टुङ्गो लागिसकेको छैन । चलचित्रलाई ‘एश्वर्य’ निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्दै छन् ।