अभिनेत्री पूजा शर्माको निर्माण र अभिनय रहेको चलचित्र रामकाहानीको पहिलो गीत सार्वजनिक भएको छ । आफ्नो २६औँ जन्मदिनको अवसर पारेर चलचित्रको पहिलो गीत ‘तिम्रो लागि म छु‘’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईले कम्मर मर्काएका छन् । अर्जुन पोखरेल शब्दरसंगीतमा बनेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । गीतमा कोरियोग्राफी भने कविराज गहतराजले भरेका छन् । गीतलाई धुर्मुस(सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ती सन्तपुरमा छायाङ्कन गरिएको हो । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।चलचित्र  भदौ २२ गते प्रदर्शनको तयारीमा रहेको छ ।