काठमाडौँ: भारतका चर्चित साहित्यकार भारतेन्दु हरिश्चन्द्रको लोकप्रिय नाटक ‘अँधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन भइरहेको छ। काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटरमा नेपाली भावानुवाद भएको नाटक मञ्चन जारी छ।

गत वैशाख १४ गतेबाट मञ्चन भएको नाटकलाई नेपाली भाषामा अनुवाद र तथा निर्देशन आशिष् घिमिरे र सङ्गीत सापकोटाले मिलेर गरेका हुन्। नाटकका लागि प्रत्यक्ष सङ्गीत निर्देशन सङ्गीत सारकोटा स्वयंमले गरेका हुन्।

नाटकले विवेकहिन र निरङ्कुश शासन व्यवस्थाप्रति व्यङ्ग्य गर्छ। हास्यास्पद नाटकले एउटा शासक कसरी आफ्नै विवेकहिनतका कारण पतन हुन्छ भन्ने कुरा देखाइएको छ।

नाटकमा जीवन भट्टराई, श्रवण सिंह राना, संजित प्रताप मल्ल, पिटर प्रिन्स, सागर दाहाल, पुष्कर कार्की, प्रकु पाण्डे लगायतको अभिनय रहेको छ। नाटकलाई क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनले प्रस्तुत गरेका हुन्।
