गायनमा आधारित रहेको चर्चित रियालिटी सो नेपाल आइडलको दोस्रो सिजनको यति बेला धमाधम अडिसन भइरहेको छ । हेर्नुस् भिडियाे :
गत वर्ष नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रेण्डचाइजको रूपमा नेपाल आइडल भित्रिएको थियो ।

एपी वान टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम पहिलो सिजन नै निकै सफल भएको थियो । हाल नेपाल आइडल टिमले नेपालको मुख्य सहरमा अडिसन सकाएर काठमाडौँ आइपुगेको छ ।

मंगलबारबाट काठमाडौँको शान्तिनगर स्थित इपिएस् स्कुलमा नेपाल आइडल अडिसन भइरहेको छ । उक्त स्थानमा अडिसन दिनेको भिड ठुलै थियो । आयोजनाको अनुसार पहिलो दिन नै करिब १० हजार बढीले अडिसन दिएको जानकारी दिए ।

