पूर्णिमा लामाले निर्माण गरेको हिरोज् फिल्म वैशाख २८ मा प्रदर्शन हुने भएको छ । एक्शन, लभ, कमेडी तथा सम्वेदनाले भरिएकोे फिल्म पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा थियो । तर, प्राविधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरियो । अब भने आफ्नो फिल्म वैशाख २८ मा दर्शकमाझ आउने पक्का भएके जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् ।
एनवी महर्जनको निर्देशनमा बनेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । जय लक्ष्मी फिल्मस्को ब्यानरमा बनेको फिल्म राजनीति विकृति, बेरोजगारी, चेलीबेटी बेचबिखच तथा सडक बालबालिकाको विषयमा बनेको छ । लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्मको निर्मातामा शेखर लामा, युवराज लामा र संजोग राणा छन् । कमल राई, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।
फिल्मको वितरण श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले गर्दै छन् ।
निर्मात्रीका रूपमा समेत आफू सफल हुने विश्वास पूर्णिमाको छ । पूर्णिमा अभिनीत रेलिमाइ र नेप्टे दर्शकमाझ आइसकेका छन् । हिरोज्सँगै सोही मितिमा गोपालचन्द्र लामिछाने निर्देशीत लम्फू प्रदर्शनमा आउदैछ ।