बैशाख २८ गते रिलीज हुने नेपाली चलचित्र ’लम्फू’को अर्को गीतको भिडियो रिलीज भएको छ । प्रमोद खरेलको स्वरमा रहेको ’तिमीलाई भुलेर’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाका शब्द रहेका छन् ।रामजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका प्रमूख दुई कलाकार कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ्ग छन् ।

चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रले मिलन, वियोग, समाज, साथीत्व तथा परिवारको कथा प्रस्तुत गर्ने उनले बताए । यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । मानिससँग समय शत्रु भएपछि जीवनमा आउने घटनाक्रमहरु यो चलचित्रमा पाईने निर्माता शक्तिबल्दभ घोरासैनीले बताए ।यसअघि यो चलचित्रका दुई गीत र ट्रेलर रिलीज भईसकेका छन् । चलचित्रको ट्रेलर यतिबेला चर्चामा छ । टिपिकल नेपाली शैलीमा बनेको ट्रेलरलाई अर्गा्निक शैलीको ट्रेलर बनेको भन्दै प्रशंशा गरिएको छ ।’लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।पपुलर मल्टिमिडियाको ब्यानरमा बनेको यस चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।