फिल्म ’रणवीर’ को छायाङ्कन यति बेला धनगढी , महेन्द्रनगर लगायतका सुदुरपस्चिमको रमणीय स्थलमा भइरहेको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको झन्डै ६५ दिनको छायाङ्कन उपत्यकामा सकिएपछि निर्माण युनिट त्यहाँ पुगेको हो । 

हेर्नुस् यसरी हुदैँछ ‘रणवीर’को छायाङ्कन 

झन्डै तिन हप्ते सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केही दृश्य र दुई गीतको छायाङ्कन गर्ने निर्माण युनिटले जनाएका छन् । निर्माण घोषणामै महँगो बजेट भनाइको फिल्मलाई विना सम्झौता छायाङ्कन गरिरहेको युनिटको भनाइ छ । फिल्मले महेन्द्रनगरको छायाङ्कन लगभग सकाएको छ भने धनगढी , घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायाङ्कन अझै बाकी छ । फिल्मका कलाकार सुशील सिटौला , सुपुष्पा भट्ट , हरिहर शर्मा , जगदीश रिजाल लगायतको छायाङ्कन भइरहेको छ । 

हेर्नुस् यसरी हुदैँछ ‘रणवीर’को छायाङ्कन 

शिक्षित युवाले समाजमा गर्ने सङ्घर्षको कथालाई लिएर बनिरहेको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रूपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । फिल्ममा प्रशान्त ताम्राकार , सुशील सिटौला , सुपुष्पा भट्ट , टिका पहाडी , रवि गिरी , नरेश पौडेल , हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का फिल्ममा डेब्यु गर्दै्छिन । महेश पौडेलको छायाङ्कन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहनेछ । गम्भीर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् । फिल्म युनिटले छायाङ्कन सेटबाट केही तस्बिर पनि सार्वजनिक गरेको छ । 
 

हेर्नुस् यसरी हुदैँछ ‘रणवीर’को छायाङ्कन