कमेडीयन कलाकार कपिल शर्माले आफ्नो अपमान गरेको भन्दै भारतको एक इन्टरटेन्टमेन्ट न्यूज पोर्टलका पत्रकारलाई नोटिस पठाएका छन् । पत्रकार विक्की लालवानीले आफ्नो बारेमा नराम्रो र अपमानजनक लेखेको भन्दै कपिलले नोटिस पठाएका हुन् । कपिलले उक्त समाचार हटाउन आग्रह गर्दै नोटिस पाएको सातदीन भित्र माफी सहित १०० करोड तिर्नु पर्ने माग राखेका छन् ।यही कुरालाई लिएर कपिलले केही दीन अगाडी फोनमा पत्रकारलाई गाली समेत गरेका थिए ।