आज शुक्रवार सिनेमा घरमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । दुई फरक कथावस्तुमा आधारित चलचित्र ‘डमरुको डण्डीबियो’ र ‘भोर’ आजबाट प्रदर्शनमा आएको हो । यी दुई चलचित्रमा डमरुको डण्डीबियोले मल्टिप्लेक्सका केही बढी सो पाएको छ भने भोरले कम सो पाएको छ । सिंगल थिएटरमा पनि दुवै चलचित्रको सो रहेको छ । चलचित्र ‘डमरुको डण्डीबियो’मा अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको । सामाजिकसँगै खेलकुदमा आधारित चलचित्रमा डण्डीबियोको कथा उठान गरिएको छ ।एक समय राष्ट्रिय खेल मानिएको डन्डिबियोलाई पछिल्लो समय लोप भइसकेको खेलको रूपमा लिने गरिन्छ । चलचित्रमा यही कथालाई उठाइएको छ । चलचित्रलाई छेतन गुरुङले निर्देशन थरेका हुन् । यसलाई अभिनेता लामिछाने र निर्देशक गुरुङले संयुक्तरुपमा कथा लेखेका हुन् । समृद्धि इन्टरटेनमेन्टले प्रस्तुति रहेको चलचित्रमा खगेन्द्रको अलावा अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मि पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
त्यस्तै आजबाट दाइजो प्रथाको कथा बोल्ने चलचित्र ‘भोर’ प्रदर्शनमा आएको छ । सामाजिक कथा बस्तु उठाइएको चलचित्रले तराईमा व्याप्त भइरहेको दाइजो प्रथाको कथा भन्छ । चलचित्रलाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । यस अघि उनले ‘झोला’ नामक चलचित्र निर्देशन गरेका थिए। मिडिया फर कल्चरको ब्यानरबाट निर्माण भएको चलचित्रमा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पूजा कर्ण लगायतका कलाकारको अभिनय रहेको छ । चचित्रमा कथा कृष्ण धारावसीको रहेको छ । बिहीबार राजधानीमा आजोजना भएको प्रिमियर सोमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ ।