अभिनेत्री ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘सुनकेशरी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राती सार्वजनिक भएको ‘मायाले छोई’ बोलको गीतमा सनुप पौडेलको स्वर रहेको छ। कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत रहेको गीतको भिडियोमा चलचित्रका कलाकार सन्नी ढकाल र लउरेन फिचरिङ छन् । हरर जनरामा बनेको चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ। चलचित्रमा सन्नी र लउरेनको साथमा अभिनेत्री ऋचा शर्मा, रविन्द्र झा लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्रलाई ऋचासँगै भीम न्यौपाने  र शर्मिला सापकोटाले संयुक्त रूपमा लगानी गरेका हुन् । आउँदो जेठ ११ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको कथा निर्देशक थापा स्वयंमले लेखेका हुन् ।