बलिउडको चर्चित नाम हो–करण जोहर । निर्देशक, निर्माता र प्रस्तोताको रूपमा करण हिट छन् भने उनी केही चलचित्रमा अभिनय पनि गरेका छन् । तर करणको अभिनय रहेको प्राय चलचित्र फ्लप छन् । उनी स्वयंम आफूलाई राम्रो कलाकार भन्न रुचाउदैनन् । उनले बम्बे भेलभेट र वेल कम टु न्यूवोर्क लगायतका चलचित्रमा काम गरेका थिए । यी दुवै चलचित्र फ्लप भएको थियो । करणले एक कार्यक्रममा आफू अभिनित चलचित्र फ्लप भएको कारण कसैले चलचित्रमा नलिएको बताएका छन् । एक चलचित्रको प्रोमो रिलिज कार्यक्रममा उपस्थित भएका करणललाई अभिनयको बारेमा सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका हुन् । उनले भनेका छन् ‘मैले अभिनय गरेका सबै चलचित्रहरू फ्लप भएका छन् । सोही कारण मलाई कसैले पनि चलचित्रमा लिँदैनन् । म आफैलाई एक फ्लप कलाकार भन्न रुचाउछु।’ –ऐजेन्सी