गत शुक्रवारबाट प्रदर्शन भइरहेको चलचित्र ‘डमरुको डण्डीबियो’को नयाँ गीत सार्वजनिक भएको छ । ‘गन्तव्य’बोलको गीत चलचित्र रिलिज भइसके पश्चात् युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत, सबिन एकतारेको शब्द रहेको छ भने रिकेश गुरुङ र बिध्या तिवारीले स्वर दिएका छन् । चलचित्र डमरुको डण्डीबियोमा नेपालमा लोप हुन लागिसकेको खेल डण्डीबियोको कथालाई उठाइएको छ । चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् भने कथा खगेन्द्र र छेतेन मिलेर लेखेका हुन् । चलचित्रमा खगेन्द्रको साथमा मेनुका प्रधान, अनुप बराल, अकिंत खड्का, लक्ष्मी बर्देवा, अशान्त शर्मा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।