बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपूर नेपाल आइपुगेकी छिन् । उनी भारतबाट सोमबार बिहान ८ः३० मा नेपाल आइपुगेकी हुन् ।
करिष्मा नेपालमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको दरबारमार्गमा रहेको नयाँ शोरुमको समुद्घाटन गर्न नेपाल आएकी हुन् ।
करिष्मा उक्त शोरुमको उद्घाटन पश्चात् आजनै भारत फर्किने छिन् । बुझिए अनुसार करिष्माले शोरुमको उद्घाटनका लागीमात्र १६ लाख भारु रुपैयाँ लिएकी छिन् ।