अभिनेत्री रेखा थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘मालिका’को छायाङ्कन सुरु भएको छ । रेखा फिल्मसको पाँचौँ प्रस्तुतिको रूपमा मालिकाको छायाङ्कन सुरु भएको हो । सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै बालुवाटारबाट चलचित्रको छायाङ्कन सुरु भएको हो । 
 

रेखाको निर्देशनमा सुरु भयो ‘मालिका’को छायाङ्कन 

छायाङ्कनको पहिलो दिन रेखा र नर बहादुर कार्कीले बालुवाटारमा आउट डोर सट भएको मुख्य सहायक निर्देशक नवराज आचार्यले जानकारी दिए । राजधानीमा करिब दश दिनको छायाङ्कन पश्चात् चलचित्र टिम कोहलपुर र जाजरकोट छायाङ्कनको लागी जानेछ । 
चलचित्रमा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ । मालिकामा रेखा आफ्नै कथा र कन्सेप्ट रहेको छ । लक्ष्मी पूजा कात्तिक २१ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको छायाङ्कन रामशरण उप्रेतीले गर्दैछा् । चलचित्रमा सुरेश अधिकारीको सङ्गीत रहेको छ ।