चलचित्र ‘हैरान’को ट्रेलर सार्वजनिक भएको छ । विश्वकै कान्छा निर्देशकको रूपमा परिचित सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो । यसअघि चलचित्रको टिजर र गीत सार्वजनिक भइसकेको छ । कमेडी र एक्सनले मिश्रित चलचित्रमा सामाजिक विषयवस्तुलाई उठाइएको छ ।

चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर बाइ एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । चलचित्रमा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , सङ्गीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।