सञ्चारकर्मी ऋषि धमलाकी श्रीमती एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र ‘अनुराग’को प्रदर्शन मिति पोसपोण्ड भएको छ । यसअघि जेठ ११ गते प्रदर्शन हुने भनिएको चलचित्र अब साउन २५ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माण पक्षको अनुसार चलचित्रको पोस्ट प्रोडक्सनको काम नसकिएको भएर प्रदर्शन मिति सारिएको जानकारी दिए ।

चलचित्रको दुईवटा गीत रिलिज भइसकेको छ । एउटा गीतको भिडियोमा एलिजा चर्चित नृत्य समूह कार्टुनक्रुजसँग देखिएकी छिन् भने एउटा गीतको अडियोमात्र सार्वजनिक भएको छ । सत्यराज चौलागाईको निर्देशन रहेको चलचित्र अनुरागमा एलिजासँगै नव नायक समुन्द्र पण्डितले डेव्यु् गर्दै छन् ।