नेपाली चलचित्रमा बलिउडको प्रभाव ठुलै छ । नेपाली चलचित्र मेकरहरुले हिन्दी सिनेमाको कथा चोरेको आरोप खेपिरहेका हुन्छन् । पछिल्लो केही वर्ष यता यस्तो आरोपमा कमी आएको थियो । तर केही समय अघि प्रदर्शन भएको ‘कोहलपुर एक्सप्रेस’ले बलिउड चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप लागेको थियो । चलचित्र हलमा प्रदर्शन भएरहेको छ । कोहलपुर एक्सप्रेस र मुम्बई एक्सप्रेसमा चलचित्रका पात्र बाहेक केही भिन्नता देखिन्दैन् । तर यति बेला मुम्बई एक्सप्रेसकै कपि गरेर अर्को चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । झमकबहादुर नाम गरेको चलचित्रको ट्रेलर सोमबार राजधानीमा कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको थियो । चलचित्रको ट्रेलर हेर्दा लाग्छ यो मुम्बई एक्सप्रेसको अनुवादित नेपाली चलचित्र हो । चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजाता थापा, राजन महर्जन लगायतका कलाकारको अभिनय रहेको छ । भोमान कटुवालले निर्देशन गरेको चलचित्रलाई मीन कुमार तामांगले निर्माण गरेका छन् । चलचित्र साउन ञ१८ गतेबाट प्रदर्शन मा आउने तयारीमा रहेको छ ।