चलचित्र “प्रेमलीला” को अहिले धमाधम छायाङ्कन भइरहेको छ । फिल्ममा समावेश “जाने क्या हुवा ए” बोलको हिन्दी गीतको केही दिन अगाडी पोखरामा छायाङ्कन सकिएको छ । गीतलाई रामजी लामिछाने ले कोरियोग्राफी गरेका छन् भने  गीत मा नायिका दिपशिखा खड्का र नायक अलि खान फिचरिङ्ग रहेका छन् । गीत छायाङ्कनको तस्बिरहरू हेर्दा र फिल्मको नाम बटनै थाहा हुन्छ कि फिल्म तथा गीत लभ जनरामा रहेको छ ।

किन गरिन् यी नायिकाले कपाल मुण्डन ? 

छायाङ्कन गरिएको गीतमा बलिउड गायक राजा हसन को स्वर रहेको छ । चलचित्र कि निर्माता तथा नायिका दिपशिखा खड्का ले चलचित्र मा हिन्दी गीत कथा को माग अनुसार नै राखिएको सिनेम्याक्ससंगको कुराकानीमा बताएकी छिन् । चलचित्रका नायक अलि खानले आफूले पहिलो पल्ट नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा निकै खुसी लागेको बताएका छिन् । खान बलिउड अभिनेता हुन् जसलाई चलचित्र को कथा अनुसार हिन्दी बोल्न सक्ने पात्र लाई न्याय दिलाउन आफूहरूले ईन्डिया देखी नेपाल ल्याएको नायिका तथा निर्मात्री खड्काले बताएकी छिन् ।
पोखरा छायाङ्कन सकेर राजधानीमा छायाङ्कन गर्ने भनिएको फिल्मको यति बेला हामीले नायिका तथा निर्मात्री दीपशिखाको कपाल मुण्डन गरेको अवस्थामा भेटाएका थियौ । हामीले फिल्मको छायाङ्कन चलिरहेको बेलामा किन कपाल मुण्डन गर्नु भएको त ? भनेर प्रश्न गर्दा उनले भनिन् ’यो मुण्डनको रहस्य भन्न मिल्दैन, तर केही समयपछि तपाँईहरुले आफै थाहा पाउनु हुनेछ । उनको यो भनाइले के प्रस्ट हुन्छ भने मुण्डनको राज कि त स्वयंम उनलाई नै थाहा छ, कि आउने दिनमा नै थाहा हुने नै छ ।
नायिका तथा निर्मात्री खड्काकै कथा रहेको चलचित्र “प्रेमलीला” लाई निर्देशक जनक पाण्डे ले निर्देशन गर्दैछन । पवन गौतमको फिल्ममा छायाङ्कन रहेको छ । चलचित्रमा संगीतकारहरु महेश खड्का,नवीन कार्की र रबिराज शाहको सङ्गीत रहेको छ भने राजेश पायल राई , शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ । प्रलाद खरेल को मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अलि खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ ।