पछिल्लो समयका भाइरल गायक अशोक दर्जीको पहिलो गीत यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । झापामा गीत गाएर भाइरल बनेका अशोकको पहिलो गीतस्वरुप बुधवार ‘मन बिनाको धन ठुलो’ सार्वजनिक भएको थियो । युट्युबमा सार्वजनिक भएको केही घण्टामा नेपालको युट्युब ट्रेन्डिङ एकमा परेको थियो ।
यति बेला यो गीतलाई अपलोड गरेको एक दिनमा १० लाख बढीले हेरिसकेका छन् । गीतलाई ८४ हजारले लाइक गरेका द्धन् भने करिब १२ हजार बढीले कमेन्ट गरेका छन् । यो समाचार लेख्दै गर्दा गीतलाई १० लाख ७ हजार बढीले हेरिसकेका छन् । सार्वजनिक गीतमा अशोकसँगै टङ्क बुढाथोकीको आवाज रहेको छ । टङ्कले अशोकलाई गीत रेर्कडिङ गराइदिएका थिए ।