अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षको अनुसार चलचित्र आउँदो साउन १८ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्रमा आर्यनको अपोजिट नायिका साम्राज्ञी शाह छिन् । आर्यन र साम्राज्ञीले पहिलो पटक एकसाथ चलचित्रमा काम गरेका हुन् । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रको पहिलो गीत सार्वजनिक गर्न निर्माण पक्ष यति बेला लागी परेको छ । अभिनेता आर्यन सिग्देल अस्ट्रेलियाबाट फर्किएपछि चलचित्रको पहिलो गीत सार्वजनिक हुनेछ । चलचित्रको सम्पूर्ण छायाङ्कन फिलिपिन्समा भएको हो ।