अभिनेता नाजिर हुसेनको निर्देशन र अभिनय रहेको नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) वैशाख २८ गते शुक्रवार (आज)बाट मञ्चन सुरु भएको छ । अनामनगरस्थित मण्डला नाटक घरमा नाटक मञ्चन हुने भएको छ । डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन यान्डरसनको ‘अग्ली डकलिङ’ कथामा आधारित नाटकको परिकल्पना नाजिरले गरेका हुन् । नाजिर यसलाई सांगितिक नाटकको रूपमा परिभाषित गर्छन् । यस नाटकमा नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ । वैशाख २८ गतेबाट सुरु भएको नाटक जेठ २० गते सम्म मञ्चन हुनेछ ।