लामो समयदेखि मिडियामा नायक सबिन श्रेष्ठ र नायिका अनु शाहबिचको प्रेमसम्बन्धको चर्चा हुने गर्दछ । केही समय अघि मिडियामा यी दुईको विवाह भएको समेत खबर बाहिरिएको थियो । तर दुवैले विवाह नभएको प्रस्ट पारिसकेका छन् । अनु र सबिनबिचको प्रेम सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ । अनुको इन्टाग्राममा अधिंकास तस्बिर सबिनसँगका छन् । तर मिडियामा भने यी दुवै आफ्नो प्रेमसम्बन्ध स्वीकार गर्न चाहान्दैनन् ।
शनिवार सविनले सुचारु गरेको ‘स्टाइल मोबाइल सप’को उद्घाटन गर्न अनु र नायिका शिल्पा पोखरेल पुगेका थिए । सोहीक्रममा सबिन र अनुको मिडियामा प्रेमको चर्चा भएको थियो । तर दुवैले आफूहरू साथी मात्र भएको बताए । सबिन भन्छन् ‘हामी मिल्ने साथी हौ । निकट भविष्यमा के हुन्छ त्यसको बारेमा भन्न मिल्दैन ।’ यता अनु आफ्नो कारण प्रेमको चर्चा भएको दाबी गर्छिन् । ‘सामाजिक सञ्जालमा मैले धेरै उहाँसँगको तस्बिरहरू सेयर गर्छु । हामी भेट्दा तस्बिरहरू पोस्ट गर्छु । मिल्ने साथी भएको नाताले फोटो राख्दा केही हुन्न तर फोटोको भरमा नै प्रेम भएको भन्न मिल्दैन । ’ अनु भन्छिन् । अझ अनुले आफ्नो गर्धनमा एस नामको ट्याटु समेत खोपेकी छिन् । भलै उनले मिडियासामु आफ्नो ट्याटु लुकाउने प्रयास गरिन् तर सकिनन् ।