फेसियल हाउसको आयोजनामा जेष्ठ ११ गते शुक्रवार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । फेसियल हाउसले यस पटक फेशन शोका लागि मोडल मात्र नभई रोलमोडल पनि छानेको छु, फेसियल हाउस संचालिका सुष्मा महराले भनिन, ुसमाजका प्रतिष्ठित विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरूलाई र्याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौँ । त्यसैले यसपल्ट चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरू, समलिङ्गी ब्यत्तिहरु लगायतलाई र्याम्पमा उतार्दैछौं ।  फेसियल हाउसले समय सान्धर्भिक रूपका फेशनलेबल डिजाइन मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेशन टेड्र मार्फत प्रस्तुत गर्दै आएको छ । ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियाँमा अझ बढी समय सान्दर्भिक विम्ब सिर्जना गर्नेछु, फेसियल हाउसकी संचालिका सुष्मा महराले भनिन ।  
फेशन मिलेको ज्यान भएकाहरुका लागि मात्रै होइन, ज्यान अनुसार मिलाउन लाइनै फेसन भन्ने मान्यतालाई स्थापित गर्न सबै प्रकारका जिउडाल भएकाहरुलाई मिल्दा फेशन हुनुपर्छ भन्ने हो । मान्छेहरूको उचाइ, लम्बाइ र चौडाई मात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउनका लागि र पहिरन राम्रो भएर मात्रै हुँदैन, त्यो अनुसारको मेकअप र हेयर डिजाइन गर्दा मात्रै राम्रो देखिन्छ भन्ने दर्साउनुका लागि पनि यो फेसन ट्रेडको आयोजना गर्न लागेको महराको भनाई थियो । 
फेसन ट्रेडमा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रवारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका पत्रकारहरूलाई पनि र्याम्पमा उतार्न लागिएको छ । पत्रकारहरूलाई यसरी फेशन सोमा उतारिएको घटना सम्भवतः यो पहिलो हुनेछ । 
यसै गरी अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्यलगायत, मिस नेपालहरू उषा खड्गी र सुगरिका केसी, अभिनेताहरू आमेश भण्डारी, यशराज गराच लगायत, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम र्याम्पमा उत्रनेछन् । 
कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन । फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफी लक्की खड्की, स्मित तामाङ, ड्रेस डिजाइन प्रेम देव, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाइनमा बगिने तामाङ रहने छन् ।