आज शुक्रवार चलचित्र हेर्ने योजना बनाउँदै हुनुहुन्छ भने आजबाट नेपाली चलचित्र ‘हैरान’ प्रदर्शनमा आएको छ । सोलो रिलिज पाएको चलचित्र ‘हैरान’लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् । चलचित्रले सिंगल स्किृनमा राम्रो सो पाएता पनि मल्टिप्लेक्समा भने सीमित सो पाएको छ । आजबाट नै हलिउडको प्रतिक्षित चलचित्र ‘डेडपूल २’ रिलिज भएपछि हैरानले मल्टिप्लेसमा कम सो पाएको हो ।
चलचित्र हैरानमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई डान्स फेभरको ब्यानरमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर बाइ एल लामाले निर्माण गरेका हुन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्रीको रूपमा रहेकी छिन् । चलचित्रमा गम्भीर विष्टको कथारकोरियोग्राफी, चन्द पन्तको द्वन्द, सत्यराज आचार्यरस्वरुपराज आचार्यरकिरण कँडेल, राजन इशानरसन्तोष श्रेष्ठको सङ्गीत छ । भने, निरज कडेलको छायाङ्कन, नवराज उप्रेतीको डिओपी, प्रितम पाण्डेको सम्पादन रहेको छ ।