जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरि’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यसअघि जेठ ४ गते प्रदर्शन हुने भनिएको चलचित्र निर्माता सङ्घको आन्दोलनको कारण पर सारेको थियो । यति बेला निर्माण टिमले नयाँ प्रदर्शन मिति तय गर्दै दोस्रो ट्रेलर रिलिज गरेको हो ।

बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिजसँगै चलचित्रको प्रमोसन सुरु गरेको थियो । सार्वजनिक दोस्रो ट्रेलरमा बिपिन एक बैङ्कको म्यानेजरको भूमिकामा देखिएकी छन् । चलचित्रलाई सफल केसी र प्रतीक गुरुङले संयुक्तरुपमा निर्देशन गरेका हुन् । चलचित्रमा विपिनसँगै ुनिता ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्होमो,लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, रामभजन कामत, सुनिशा बजगाँइ लगायतका कलाकारको अभिनय रहेको छ ।