पछिल्लो समय चलचित्रकर्मीहरु चलचित्र प्रमोसनको लागी नयाँ नयाँ तरिका अपनाउने गर्दछन् । कहिले पिज्जा डेलिभरी, केही रथ यात्रा लगायतका विभिन्न तरिकाबाट दर्शकसँग साक्षत्कार गर्ने कलाकार पुग्ने गर्दछन् । यसैमा आउँदो जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुनकेशरी’ अभिनेत्री रिचा शर्माले नयाँ तरिका अपनाएकी छिन् । उनले बिहीबार काठमाडौँको विभिन्न स्थानमा पुगेर स्कुटी मार्फत सर्वसाधारणलाई गन्तव्यसम्म पुर्‍याउने काम गरिन् । 

 

उनले यस कार्यका लागि टूटलसगं सहकार्य गरेकी छन् । टूटल, काठमाडौँ उपत्यका भित्र अनलाइन मार्फत मोटरसाइकल तथा स्कूटीमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने माध्यम हो । टूटल बढ्दो जाममा बस र ट्याक्सीमा खर्च हुने समयलाई बचत गर्ने सजिलो माध्यम बनेको छ ।पहिलो दिन यी अभिनेत्री पायक पर्ने ठाउँमा ३–४ जना यात्रुलाई गन्तव्यसम्म सितैमा पुर्याइदिईन । यात्रु बोक्ने क्रममा रिचाले सिनेमा ‘सुनकेसरी’को बारेमा पनि भलाकुसारी गरिन् । टूटलबाट रिचालाई भेट्न पाउँदा यात्रुहरू खुसी देखिन्थे । यात्रा पछि सिनेमाको ट्रेलरले उत्साहित बनाएको भन्दै ‘सुनकेसरी’ हेर्ने वाचा गरे ।तीन पात्रहरूको भूतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, ला‘रेन ला‘फबर्गको मुख्य भूमिका छ । सम्पूर्ण छायाङ्कन अस्ट्रेलियामा गरिएको सिनेमालाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् ।भीम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले झन्डै २ करोड बजेटमा निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटारविजय अधिकारीको सङ्गीत, रह शर्माको छायाङ्कन र इयान स्का‘ट क्लेमेंटको सम्पादन रहेको छ ।