चलचित्र ‘माछा माछा’को छायाङ्कन सुरु भएको छ । तीन जना गाउँले युवकहरू जो सहरमा आफूलाई स्थापित गराउन लागि परेको कथामा बन्न लागेको चलचित्रको सोमबारबाट छायाङ्कन सुरु गरिएको हो । चलचत्रलाई सुनिल गुरुङले निर्देशन गर्दै छन् । चलत्रिचमा गाउँले युवाको पात्रमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे देखिने भएका छन् । पुर्णरुपमा कमेडी जनरामा बन्न लागेको चलचित्रमा यी तिन कलाकार बाहेक प्रवीण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ (गाँठो डेब्यु अभिनेत्री), भोलाराज सापकोटा, कमलमणी नेपाल र पुष्कर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा हुने भएको छ । चलचित्रलाई शिवराम श्रेष्ठले खिच्दै छन् ।
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचंद्र रौनियारको लगानी छ । भने, शङ्कर पाण्डेको व्यवस्थापन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्र यहिबर्षको पुस या माघसम्म प्रदर्शन हुने निर्माण पक्षले लक्ष्य राखेको छ ।