आउँदो जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेबी आइ लभ यु’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्जनको रूपमा ‘सायद तेरो मेरो’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा चलचित्रकी मुख्य नायिका पूजा तिवारीको प्रेमपिडा पोखेकी छिन् ।  सार्वजनिक गीतमा चलचित्रका नायक सन्तोष खड्गीको सङ्गीत रहेको छ भने गायिका प्रियंका शर्माले स्वर भरेकी छिन
 । चलचित्र बेबी आइ लभ युको यसअघि दुई गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रमा सन्तोष र पूजाको मुख्य भूमिका रहेको छ । चलचित्रमा नायक खड्गीको कथा, जनक पाण्डेको पटकथा र निर्देशन रहेको छ। चलचित्रलाई सृजना परियार र दुर्गा पाण्डेको निर्माण गरेका हुन ।