चलचित्र नगरी सुन्दर अभिनेत्रीको रूपमा नम्रता श्रेष्ठको नाम अगाडी आउँछ । बिशेषत लभस्टोरी चलचित्रमा देखिन्दै आएकी नम्रता हाल नयाँ चलचित्र ‘जायरा’मा व्यस्त छिन् । मङ्गलवार जायराले आयोजना गरेको विशेष कार्यक्रममा नम्रता विल्कुलै फरक अवतारमा उपस्थित भइन् । स्पोर्टी लुक्समा देखिएकी नम्रताले कपाल काटेकी थिइन् ।

फरक अवतारमा नम्रता, ‘जायरा’मा कपाल काट्ने देखि सिक्स प्याकसम्म 

उक्त कार्यक्रममा चलचित्र युनिटले सम्पूर्ण कलाकारको लुक्स सार्वजनिक गरेको थियो । नम्रताले आफ्नो लोभलाग्दो कपाल काट्नु पर्दा निकै दुख लागेकोका कार्यक्रममा बताइन् । ‘कैची कानसम्म पुग्दा निकै दुख लागेको थियो ।’ नम्रता बताउँछिन् । चलचित्रकै लागी विगत केही महिना देखि नम्रता सिक्स प्याक निकाल्ने तयारी गरेकी थिइन् । उनी ५१ केजी तौल घटाएर ४३ केजीमा पुगेकी छिन् ।

फरक अवतारमा नम्रता, ‘जायरा’मा कपाल काट्ने देखि सिक्स प्याकसम्म 

कार्यक्रममा नम्रतासँगै अर्की नायिका सिर्जना रेग्मी बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन् । रेग्मी यसै चलचित्रबाट डेव्यु गर्दै छिन् । चलचित्रमा यी दुई बाहेक अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको अभिनय रहेको छ । चलचित्रलाई आशुतोष श्रेष्ठले निर्देशन गरेका हुन् । एक्सन जनरामा बनेको चलचित्र जायरा नारीप्रधान रहेको निर्माणपक्षले बताएको छ । निर्माण पक्षले बताए अनुसार चलचित्र मङ्सिर १४ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा कथा निर्देशक स्वयम्को रहेको छ भने प्रसन्न गोपाली यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको सङ्गीत, सम्राट् बस्नेतको द्धन्द्ध निर्देशन रहेको छ । 
 

फरक अवतारमा नम्रता, ‘जायरा’मा कपाल काट्ने देखि सिक्स प्याकसम्म