भदौ १ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय शम्भु’को दुई पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू अनुपबिक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । चलचित्र काठमाडौँ र अन्नपूर्ण बेशक्यापमा खिचिएको निर्माण पक्षले बताएको छ । चलचित्रमा वर्षा, अनुप र प्रशान्तको अलावा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, वसन्त भट्ट, कालु राना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अरविन्द्र शाक्य निर्माताको रूपमा रहेका छन् भने राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माताको रूपमा रहेका छन् । चलचित्रमा हरि घलेको छायाङ्कन, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, टङ्क बुढाथोकीको सङ्गीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।