असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको प्रदर्शन मिति तय गरेसँगै पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक भएको पोस्टरमा चलचित्रमा अधिकांश कलाकारहरू फिचर छन् । चलचित्रलाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा सलोन बस्नेत, निर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट् सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,विक्रम कंडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीत सार्वजनिक भइसकेको छ ।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रूपमा रहेका छन् ।बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टङ्क बुढाथोकी सङ्गीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैँ राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।