निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा यति बेला आफू निर्देशीत चलचित्र रामकहानीको छायाङ्कनका लागी कतार पुगेका छन्। चलचित्रको नेपालको सेड्युल भने सक्किसकेको छ । चलचित्रको सुरुवात नै कतारबाट हुने निर्माण पक्षले बताएको छ ।

नेपालमा एउटा गीतको छायाङ्कन बाँकी राखेर व्यवस्थापन कलाकार विष्णु कार्कीको सहयोगमा आफूहरू कतार पुगेको निर्देशक सुदर्शन बताउन्छन् । त्यस्तै चलचित्रको कतारमा छायाङ्कनको अनुमति लिन ८ लाख खर्च गर्नु परेको निर्माण पक्षले बताएको छ । चलचित्रमा पूजासँगै कतारका केही कलाकारको छायाङ्कन हुने छ । चलचित्रलाई सौरभ लामाले छायाङ्कन गर्दै छन् । रामकहानीमा पूजाको अलावा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । भदौ २२ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको ‘तिम्रो लागि म’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

८ लाख तिरेर पूजा गर्दै छिन् कतारमा रामकहानीको छायाङ्कन