यही आउँदो २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म फिल्म 'वीराङ्गना'को पहिलो गीत 'तिमी पुलिस म नि पुलिस' सार्वजनिक भएको छ । काठमाडौँमा सम्पन्न डी सिने अवार्ड समारोहको बिचमा फिल्म 'विराङ्गाना' टिमले तिमी पुलिस म नि पुलिस बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार अनुपबिक्रम शाही र शिल्पा पोखरेल प्रहरी बर्दीमा फिचर छन् । गीतमा दीपक शर्माको सङ्गीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

नारी प्रधान चलचित्र वीराङ्गनालाई राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायाङ्कन र तारा थापाको सम्पादन रहेको छ । फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमी चाम्लिङ राई रहेकी छिन् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपको अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।