चलचित्र ‘सुश्री सम्पत्ति’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा नायक सलोन बस्नेत र नायिका सारा श्रीपालि मुख्य भूमिकामा देखिन्दै छन् ।
चलचित्रलाई रमेश त्वायनाले निर्माण गरेका हुन् । विज्ञान राई, नुनमा सुब्बा र रम्न शिकाकार चलचित्रका निर्माता हुन् । चलचित्रमा कथा निर्देशक आचार्यको नै रहेको छ भने पटकथा अभिमन्यु निरबीको रहेको छ । यो चलचित्रमा सलोन र साराको साथमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशारत बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमबर्षा खड्का, रोशनी केसी, रञ्जित कोइराला, विनोद पौडेल र सन्तोष खनाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका रहने निर्माण पक्षले चलचित्र घोषणा ताका जानकारी दिएको थियो ।