आज शुक्रवार प्रदर्शनमा आएको चलचित्र सुनकेशरीले सुखद सुरुवात गरेको छ । हरर जनरामा बनेको चलचित्रले पहिलो दिन अल नेपाल ८० प्रतिशत माथि अकुपेन्सी कायम गरेको रिपोर्ट बाहिरिएको छ । अभिनेत्री ऋचा शर्माको निर्माण र अभिनय रहेको चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् । पहिलो दिनको व्यापारलाई हेरेर मल्टीप्लेक्समा शोज पनि बढोत्तरी गरिएको छ ।

निर्मात्री तथा अभिनेत्री ऋचा शर्माको अनुसार चलचित्र उपत्यकाको साथै पोखरा, नेपालगन्ज लगायतका सबै स्टेसनमा करिब करिब हाउसफुल भएको रिपोर्ट प्राप्त भएको जानकारी दिइन् । चलचित्रले शुक्रवार राजधानीको क्युएफएक्सबाट १५ सो पाएको थियो भने शनिवार र आइतबार १८ सो प्राप्त गरेको छ । त्यस्तै अरू मल्टिप्लेसमा एफक्युबमा ४ बाट ६, बिएसआरमा ४ बाट ५,  क्युजमा २बाट ४ शोजमा बढाइएको छ । चलचित्रले पाएको प्रतिक्रिया र दर्शकको साथले उत्साहित बनाएको ऋचा बताउँछिन् । चलचित्रमा ऋचाको साथमा सन्नी ढकाल, रविन्द्र झा, ला‘रेन ला‘फबर्ग लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई भीम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेका हुन् ।