गत बर्षको सुपरहिट चलचित्र ‘ए मेरो हजुर २’को तेस्रो भागमा नायक अनमोल केसी फाइनल भएका छन् । केही समयअघि निर्देशक तथा अभिनेत्री झरना थापाले अनमोललाई चलचित्रमा अनुबन्धित गर्न अफर गरेको तर अनमोलले ५० लाख पारिश्रमिक मागेको खबरले सिनेबजार निकै तातेको थियो । तर यतिबेला अनमोल तय भएको बताइएको छ । ए मेरो हजुर ३ को युनिट केही समय देखि नायकको खोजीमा थियो । चलचित्रमा प्रदिप खड्का हुन सक्ने र कुरा भइरहेको केही समय अघि अभिनेत्री झरना थापाले सिनेपाटीमा बताएकी थिइन् । यतिबेला अनमोल तय भएको र कति पारिश्रमिकमा अनुबन्धित भएको भने खुलाइएको छैन । चलचित्रमा नायिका को हुने छिन् ? उक्त कुरा निर्माण पक्षले केही समयमा सार्वजनिक गरिने बताइएको छ ।